बैशाख २३, २०८१, आइतबार
               

सेयर कारोबारमापक नेप्से परिसूचक मंगलबार ५.०४ अङ्कले  बढ्यो

नेपाल फ्ल्यास
असार ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबारमापक नेप्से परिसूचक मंगलबार ५.०४ अङ्कले  बढेर एक हजार ३४७.४४ बिन्दुमा पुगेको छ । 

मंगलबार सेन्सेटिभ परिसूचक १.९५ ले वृद्धि भई २४८.१८ मा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १८६ कम्पनीका २५ लाख ६८ हजार १२४ कित्ता सेयर ९९ करोड ४५ लाख ४५ हजार १०९ मा खरिद बिक्री भए । कारोबार भएका कुल १२ मध्ये मंगलबार पाँच उपसमूहको सेयरमा वृद्धि भएको छ भने सात उपसमूहको सेयर ओलारो लागेको छ । 

बैंकिङ ४.०९, होटल ५५.२९, जलविद्युत् २.९५, लघुवित्त ६४.९४ र सामूहिक लगानी कोष ०.१२ ले वृद्धि भएको छ । यस्तै व्यापार १४५७, विकास बैंक १.६९, वित्त ४.७५, निर्जीवन बिमा ६.४१, उत्पादन २३.९७, अन्य २ र जीवन बिमा १९.४३ले घटेको छ । 

कारोबारका आधारमा पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको सेयर ११ करोड १० लाख १२ हजार २४३ बराबरको कारोबार भयो ।

यस्तै एनएमबी बैंक ६ करोड ८६ लाख ८८ हजार १७६, नेपाल लाइफ इन्स्योरेन्स पाँच करोड एक लाख ६३ हजार ५३४, एनआइसी एसिया चार करोड ७६ लाख ४२ हजार ४०६, छिमेक लघुवित्त विकास बैंक चार करोड ११ लाख ८८९, साना किसान विकास बैंक तीन करोड ९९ लाख ८० हजार ६४७, हिमालयन डिष्टिलरी तीन करोड ६५ लाख ८२ हजार ६१६ र नविल बैंकको सेयर दुई करोड २३ लाख ५९ हजार ३३० मा कारोबार भयो ।

मंगलबार सबैभन्दा बढी एनआइसी एसिया ब्यालेन्स फन्ड र एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको शेयरधनीले सामान १०/१० प्रतिशतले कमाए । यस्तै नवीन व्यालेन्स फण्ड–२ ९.९९, नेपाल सेवा लघुवित्त ९.९७, घोडाघोडी लघुवित्त ९.९५, गुराँस लघुवित्त ९.९०, महिला सहयात्रा माइक्रोफाइनान्स ९.८० र नविल इक्विटी फण्डका लगानीकर्ताले ९.०३ प्रतिशतले कमाए । 

यस्तै समृद्धि फाइनान्स कम्पनी ६.६७, राधी विद्युत् कम्पनी ५.०३, युनाइटेड फाइनान्स ४.०७, मल्टीप्रपोज फाइनान्स ३.६७, विसाल बजार कम्पनी ३.६६, हिमालयन पावर पार्टनर ३.६२, माउन्टेन हाइड्रो ३.६१ र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.०२ प्रतिशतले गुमाए । 

सुनको प्रतितोला १०० ले घट्यो नेपाली बजारमा मंगलबार छापावाला सुनको मूल्य प्रतितोला रु १०० ले घटेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनिप्रतितोला १०५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७६० तोकेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला रु ९९५ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि