जेठ ०४, २०८१, शुक्रबार
               

काठमाडौं महानगरपालिकाकाे बजेट १६ अर्ब ४२ कराेड

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

काठमाडौं महानगरपालिकाले झण्डै साढे १६ अर्ब रुपैयाँकाे बजेट ल्याएकाे छ । बुधबार बसेकाे महानगरपालिकाकाे नगरसभाकाे साताैं अधिवेशनमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले १६ अर्ब ४२ कराेड ७३ लाख २६ हजार रुपैंयाकाे बजेट सार्वजनिक गरेकी हुन् । 

काठमाडौं । काठमाडौं महानगरले ल्याएकाे उक्त बजेटमा ५ अर्ब ७७ कराेड रुपैंया पूर्वाधारमा, २ अर्ब ५७ कराेड सशर्त याेजना तथा कार्यक्रममा, १ अर्ब ७४ कराेड प्रशासनिक खर्चमा, सामाजिक विकासमा १ अर्ब ५० कराेड, सम्पदा संरक्षणमा १ अर्ब ३४ कराेड खर्च हुने अनुमान गरिएकाे छ । 

उक्त खर्चकाे लागि आन्तरिक स्राेतबाट ६ अर्ब ७६ कराेड, माथिल्लाे सरकारकाे निशर्त अनुदान १ अर्ब ४२ कराेड, सशर्त अनुदानतर्फ २ अर्ब ५७ कराेड, बैंक माैज्दाततर्फ २१.३१ प्रतिशतले हुने ३ अर्ब ५० कराेड र बाँकी सामाजिक सुरक्षा भत्ता, मनाेहरा र चमती जग्गा एकीकरण आयाेजनाबाट जुटाइने अनुमान गरिएकाे छ । 

अघिल्लो वर्षकाे बजेट १५ अर्ब ५० कराेडकाे थियाे । 

यो पनि