जेठ ०४, २०८१, शुक्रबार
               

गण्डकी प्रदेशमा दुईको मृत्यु

रासस
जेठ १५, २०७७

ADVERTISEMENT

काठमाडाै‌ं । गण्डकी प्रदेशमा बिहीबार एक जनाको करेन्ट लागेर मृत्यु भएको छ भने अर्का एकजनाको पानीमा तैरिरहेको अवस्थामा शव भेटिएको छ । 

पोखरा महानगरपालिका वडा नं १३ दुई कुलाको मुहानमा बिहीबार एक जनाको शव फेला परेको हो । 

प्रदेश प्रहरी कार्यालयका अनुसार बेवारिसे अवस्थामा भेटिएका करिब ४५ वर्षका पुरुषको शव पानीमा तैरिएको अवस्थामा फेला परेको हो ।

त्यसैगरी बिहीबारै तनहुँमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

कपडा सुकाउने क्रममा बिजुलीको नाङ्गो तारमा छुन जाँदा बन्दीपुर गाउँपालिका वडा नं २ गोलडाँडाका ६५ वर्षीय गणेशबहादुर आलेको मृत्यु भएको हो । 

करेन्ट लागेर घाइते भएका उनको बन्दीपुर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि