जेठ ०८, २०८१, मंगलबार
               

दैनिक ३० करोड घाटा

रासस
बैशाख १३, २०७७

ADVERTISEMENT

काठमाडाैं । कोभिड–१९ को जोखिम हुन नदिन गरिएको लकडाउनका कारण दैनिक औद्योगिक क्षेत्रका दैनिक ३० करोड घाटा हुने गरेको छ । 
लकडाउन हुनुभन्दा अगाडि प्रत्येक उद्योगको करिब तीन करोडभन्दा बढीको कारोबार हुने गरेको थियो ।

हेटौँडा औद्योगिक क्षेत्रमा ठूला र मझौला गरी एक सय ११ उद्योग छन् । औद्योगिक क्षेत्रमा पाँच हजार कर्मचारीसहित मजदुर कार्यरत रहेका छन् । 
लकडाउनका कारणले सो उद्योग बन्द भएपछि अहिले उद्योगको अवस्था दयनीय छ भने मजदुरसमेत रोजगारी गुमेको छ । 
हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कार्यालयका अनुसार अतिआवश्यक बस्तु उत्पादन गर्ने २०÷२१ उद्योग मात्र सञ्चालनमा रहेको छ । समाजिक दूरी तथा स्वास्थ्य जाँचसमेत व्यवस्था गरिएको ती उद्योगसमेत आंशिक रूपमा चलेको बताइन्छ ।

उद्योगमा कच्चा पदार्थ, मजदुर अभाव, दुवानी र बिक्री वितरणको समस्याले आंशिकरूपमा चलेको छ ।

कार्यालय प्रमुख राजेन्द्र कँडेलले अतिआवश्यक वस्तु उत्पादन गर्ने उद्योगमा दुग्ध उद्योग, खानेपानी उद्योग, बेकरी तथा बिस्कुट उद्योग, मैदा उद्योग, पशुपक्षी दान उद्योग, प्लास्टिक उद्योगलगायत उद्योग सञ्चालनमा रहेका छन् ।

सञ्चालित उद्योग पनि मझौला उद्योग हुन् । उद्योग बन्दले घाटा खानुपरेकाले बैंकको ऋण तिर्न समस्या परेको तथा कर्मचारीको तलब दिनुपर्नेलगायत समस्या आएको उद्योग संघले जनाएको छ ।

संघका अध्यक्ष लेखराज पोखरेलको अनुसार उद्योगीको व्यापक गुनासो रहेको उल्लेख गर्नुभयो । उद्योग बाहिर बस्ने मजदुरलाई काम गर्न जाँदा बाटोमा प्रहरीले अप्ठ्यारो पार्ने गरेको मजदुरको गुनासो छ ।

त्यस्तै हेटौँडा सिमेन्ट उद्योग, शिवम् सिमेन्ट उद्योग, रिद्धिसिद्धि सिमेन्ट उद्योग र एशियन पेन्टस उद्योगलगायतका अन्य ठूला उद्योग बन्द छन् ।
त्यसैगरी हेटौँडा उपमहानगर क्षेत्रमा रहेका कावार खानामा कावार संलग्न गर्ने मजदुर पनि बेरोजगार छन् ।

लोहा, टिना प्लास्टिक तथा सिसाको बोतल र टुटफुट भएका सामान सङ्कलन गर्ने व्यवसायी एवं मजदुरी गर्ने कारोवार ठप्प छ । हेटौँडमा विभिन्न टोलमा गरी चार दर्जनभन्दा बढी कावारखाना रहेको र ५०० भन्दा बढी मजदुर आश्रित रहेको हेटौँडा–४ कबरखानाका सञ्चालक राम एकवाल गुप्ताले जानकारी दिए । 

सर्लाही सुदरमुकामका बासिन्दा रहेका हेटौँडामा कावार सङ्कलन गर्ने दिनेश साहले मासिक २५ हजार कमाउने गर्थेे, तर लकडाउनले खानपन आपत परेको गुनासो गरेको पाइएको छ । त्यस्तै ग्रिल र फर्निचर उद्योगमा कार्यरत मजदुर उद्योगीको समेत समस्या भएको गुनासो छ ।

बाग्मती प्रदेश नेपाली काँग्रेस प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले मजदुरको समस्याप्रति सरकार गम्भीर नभएको आरोप लागाएका छन् । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि