बैशाख १८, २०८१, मंगलबार
               

तरकारी उत्पादन गर्ने किसान मर्कामा

नेपाल फ्ल्यास
बैशाख ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । बाँकेमा उत्पादित तरकारीले बजार नपाउँदा किसान मर्कामा परेका छन् । 

लकडाउनका कारण उत्पादित तरकारी सस्तो मूल्यमा बिक्री गर्न बाध्य हुँदा किसान मर्कामा परेका हुन् । 

बाँके कोहलपुरका किसान किसान लक्ष्य खड्काले बजारसम्म आफ्नो पहुँच नभएको, र खेतबारीमै तरकारी लिन आएका व्यपारीलाई सस्तो मूल्यमा तरकारी बेच्दा आफूहरु मर्कामा परेको बताए । 

‘सरकारले तरकारी किसानलाई आवतजावतमा कडाइ गरेकाले हामीजस्ता तरकारी किसान मर्कामा परेका छौँ,’ उनले भने ।

त्यस्तै,  कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बन्दाबन्दीका कारण बिक्रीका लागि थोक बजारसम्म तरकारी पुर्‍याउन नसकेकाले किसान मर्कामा परेको बताए । 

किसानलाई नेपालगन्ज आसपासका तरकारी थोक बजारमा बिक्री सहज भए पनि  किसानले उत्पादित तरकारी कोहलपुर, बैजानाथ, नरैनापुर र राप्तीसोनारीको  बजार पठाउन समस्या हुँदा किसान मर्कामा परेका हुन् । 

नेपालगन्जमा तरकारीको थोक बजार खुला भए पनि कोहलपुरको थोक तरकारी बजार बन्द छ । 

बन्दाबन्दीमा किसानसँग आवतजावतको ‘पास’ नहुँदा बजारमा तरकारी बिक्री गर्न ल्याउन नसकिएको र यस सम्बन्धमा प्रशासनसँंग पहल भइरहेको प्रमुख ढकालले बताए । 


कस्तो लाग्यो ?

यो पनि