जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना राहत कोषमा साढे एघार लाख संकलन

रासस
चैत २२, २०७६

ADVERTISEMENT

वालिङ । वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ कोभिड–१९ राहत कोषमा साढे एघार लाख स‌कलन भएको छ ।

वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड–१९ को स‌ंक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिक सीमान्तकृत, गरिब, दैनिक ज्यालादारी, गुजारा व्यवसाय र सडक जीवन बिताइरहेकालाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषका शुक्रबार साँझसम्म नगद तथा खाद्यान्न गरी रु ११ लाख ५० हजार ८११ संकलन भएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

शुक्रबार साँझसम्म १० लाख ७६ हजार ८११ रुपैयाँ नगद तथा ७४ हजार बराबरको खाद्यान्न गरी कूल ११ लाख ५० हजार ८११ रुपैयाँ संकलन भएको नगरप्रमुख खाँणले बताए ।

संघसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने सम्भावना हुने र कसैले पाउँदै नपाउने सम्भावना हुने भएकाले जोकोहीले पनि राहत वितरण गर्ने इच्छा भएमा नगरपालिकामार्फत वितरण गर्न पाउने व्वस्था मिलाइएको नगरप्रमुख खाँणले बताए ।

वालिङ नगरपालिकाको कोभिड–१९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं ०८३००१०६८३३२६७०००००१ मा इच्छुक संघसंस्था तथा व्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि