जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाको रोकथाम गर्न डेढ अर्ब निकासा

नेपाल फ्ल्यास
चैत १९, २०७६

ADVERTISEMENT

काठमाडौं । अर्थ मन्त्रालयले कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि हालसम्म करिब डेढ अर्ब रुपैयाँ निकासा गरेको छ ।अर्थले मुख्य रुपमा स्वास्थ्य मन्त्रालयकै बजेट ८५ करोड रुपैयाँ बजेट रकमान्तर स्वीकृत गरेको छ ।  त्यसैगरी ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा पनि ५० करोड रुपैयाँ बजेट दिइएको छ । चीनबाट नेपाली विद्यार्थीहरुलाई उद्धार गरेर क्वारेन्टाइनमा राख्दा १३ करोड रुपैयाँ खर्च भएको थियो ।

सकेसम्म कोरोनाविरुद्ध खडा गरिएको कोषबाटै आवश्यक खर्च गर्ने सरकारकाे  योजना छ । तर, महामारीबाट उत्पन्न असरसँग लड्न छुट्टै कार्यक्रमहरु ल्याउने गृहकार्य छ । स्वास्थ्य मन्त्रालयकै अन्य कार्यक्रमबाट रकमान्तर गरी खर्च गर्न बजेट उपलब्ध गराइएको मन्त्रालयका सहसचिव धनीराम शर्माले जानकारी दिए ।

सरकारले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनर्उद्दार गर्न विभिन्न दातृ निकायले दिन लागको करिब २२ अर्बको वैदेशिक ऋण पनि स्वीकार गर्ने निर्णय गरिसकेको छ । यस्तै, वार्षिक बजेटबाट रकमान्तर गर्ने, स्थानीय तह प्रदेश र संघको कोरोना उपचार कोषमा जम्मा हुने रकम, विपद् व्यवस्थापन र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा भएको रकम पनि खर्च गर्ने निर्णय पनि भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि