जेठ ०४, २०८१, शुक्रबार
               

प्रदेश प्रमुख कलौनीद्वारा सहयोग

रासस
चैत १२, २०७६

ADVERTISEMENT

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्द्रप्रसाद कलौनीले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा प्रतिकार्यका लागि एक महीनाको पारिश्रमिक सहयोग गर्ने भएको छ । 

नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण उपचार कोष’ मा एक महीनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गरेको कर्णाली प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्ति उल्लेख छ ।

उनले कोरोना भाइरसबाट नआत्तिन, आतंकित नहुन तर अधिकतमरूपमा सचेतना अपनाउन सबै नेपालीमा अपिल गरेका छन् । प्रदेश प्रमुख कलौनीले जतिसक्दो घरमै सुरक्षित भएर बस्न र नेपाल सरकारले गरेको निर्देशन पालना गर्न सबैलाई आग्रह गरेका छन् । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि