साउन १०, २०८१, बिहीबार
               

विपद्‍मा परदेश : यथार्थ र पीडा

मनु धमला
चैत २४, २०७६

ADVERTISEMENT

विश्वका अरु मुलुकजस्तै अस्ट्रेलिया पनि कोरोना भाइरसविरुद्धको लडाइमा छ । यो सामग्री तयार पार्दासम्म त्यहाँ झन्डै ५ हजार ८ सय संक्रमित भएका छन् । ३९ जनाले ज्यान गुमाइसकेका छन् । ३ हजार ३ सय सङ्क्रमित उपचारको क्रममै छन् । तीमध्ये केही गम्भीर अवस्थामा छन् । २ हजार ३ सय १५ संक्रमित निको भएर घर फर्किसकेको अवस्था छ । अहिले सबै जना आ–आफ्नो घरमा आइसोलेसनमा (लकडाउनमा) छन् । सरकारी तथ्याङ्क अनुसार ५४ हजार बढी नेपाली अस्ट्रेलियामा छन् । तीमध्ये धेरै विद्यार्थी छन् । उनीहरू 'पार्टटाइम जब'समेत गर्छन् । 

मानिसहरूले नेपालमा लकडाउनलाई सही अर्थमा नबुझेकाले यस्तो भएको हुन सक्छ । लकडाउन सरकारले जनतामाथि लादेको कर्फ्यू होइन ।

विपद्‍मा परदेशका पीडा

अहिले अस्ट्रेलियामा सबैको दिमाग पुरै कोरोनाले कब्जा गरेको छ । खाना खाँदा, सुत्दा, उठ्दा, साथीभाइसँग फोनमा कुराकानी गर्दा, टिभी हेर्दा जेसुकै गर्दा होस्, अन्य विषयले आकर्षित गर्न सकेको छैन । मोबाइल, ल्यापटप समात्यो संक्रमित र मृत्यु हुनेको तथ्याङ्क हेर्‍यो । तथ्याङ्क बढेको बढ्यै छ । छट्पटि त झन् त्योभन्दा बढी रफ्तारमा । उनले यसरी व्यक्त गरिन् आफ्नो भावना :

म मेलबर्नकै एक कलेजमा पत्रकारितामा स्नातक गर्दै छु । नियमअनुसार काम गर्न पाउने सुविधा उपयोग गर्दै सातामा २० घण्टा काम पनि । पढाई र जागिर अनि फुर्सदमा घुमघाम चल्दै थियो । नयाँ देश, नयाँ ठाउँ नयाँ कुरा सिक्ने क्रम जारी थियो । बिहान कलेज जान्थेँ । दिउँसो  काममा । पढाइ र काममा नै दिन बित्थ्यो । तर, जनवरीदेखि अचानक दिनचर्या बिथोलियो । एकाएक (लकडाउन) को सूचना युनिभर्सिटीबाट आयो । त्यसपछि चीनबाट सुरु भएको कोरोना भाइरसले अस्ट्रलियामा पनि महामारी रूप लिइसकेछ भन्ने थाहा भयो । 

लकडाउन भए पनि अरू देशमा जस्तो होस्टेल तथा आफू बस्ने कोठाभित्र कैद हुन पाएनौँ । अरू देशको अवस्था सुनिएजस्तो दिनहरू निकै कष्टप्रद भएनन् । लकडाउनको अवधिमा हामी नेपाली विद्यार्थीबीच प्रत्यक्ष भेट कठिन भए पनि इन्टरनेटमार्फत सूचना आदान प्रदान भइरहेको छ । साथै पढाई समेत इन्टरनेटमार्फतनै जारी छ । 

नयाँ विद्यार्थीका कष्ट

सबै जना सेल्फ आइसोलेसनमा छन् । लकडाउनमा पनि सुरक्षित रूपमा काममा जाने सुविधा छ । मैले पनि त्यो सुविधा उपयोग गरिहरेको छु । यसैले मलाई भने समय कटाउन उत्ति गाह्रो छैन । तर अहिले धेरैजसो विद्यार्थीहरू भने मजस्तै सहज परिस्थितिमा छैनन् । तुलनात्मक रूपमा नयाँ विद्यार्थीहरु समस्यामा छन् ।

समाचार तथा सामाजिक सञ्जालका केही भिडियोहरुमा मैले देखेको छु नेपालमा बिहान र बेलुकी खाद्य सामाग्री तथा तरकारी किन्न भीड लागेको । कर्फ्यू खुलेजस्तो गरी एकैचोटी ग्वार-ग्वार्ती मानिसहरू बाहिर निस्किरहेका छन् । यसले घरभित्रै बसिरहनुको अर्थ नै छैन ।

खानेकुराको र पानीको समस्या छैन । तर जोगाएर खपत गर्दा सजिलो हुन्छ । म यहाँ आएको पनि ८ महिना भयो । लकडाउनको सुरुवातमा हामी बाहिर निस्किएनौँ । नजिकै सुपरमार्केट थियो । होम डेलिभरीको सुविधा प्रयोग गर्‍यौँ । पछि भने म विभिन्न सामग्री खरिद गर्न उक्त सुपर मार्केटसम्म जान थालेको छु । 

सीमित राहत कतिन्जेलसम्म

कतिपयमा भने काम गर्ने ठाउँ बन्द हुँदा समस्या भएको छ । कोठाभित्र दिनभरि के गरेर बस्ने ? उनीहरू पैसाको समस्या पनि झेलिरहेका देखिन्छन् । उनीहरूसँग इन्टरनेट चलाउने र पुस्तक पढ्नेबाहेक अरू विकल्प छैन । तर काम गर्न नपाउनेहरूलाई गैरआवासीय सङ्घ (एनआरएनए) ले सहयोग उपलब्ध गराइरहेको छ । अहिले त्यो सहयोगले खाना जोहो गरेको भए पनि अब के गर्ने अन्योलमा छन् । 

एनआरएनएले सेल्फ आइसोलेसनमा बस्नुपरेका र अत्यन्तै समस्यामा परेका विद्यार्थीलाई आवेदनका आधारमा दुई साताका लागि चामल, दाल, तरकारी, नुनलगायतका अत्यावश्यक सामग्री घरमै पुर्‍याउने प्रयास गरिरहेको छ । तर विद्यार्थीलाई कहिलेसम्म यसरी दाल, चामल उपलब्ध गराउन सकिन्छ भन्नेमा एनआरएनए आफैँमा ढुक्क छैन ।

अनि रोजगारी गुमाए

सरकारी तथ्याङ्कअनुसार अस्ट्रेलियामा करिब ५४ हजार नेपाली अध्ययनरत छन् । कोरोना सङ्क्रमण नियन्त्रणका लागि अस्ट्रेलियाले स्वास्थ्य क्षेत्र, सुपर मार्केटबाहेकका प्राय सबै व्यवसाय बन्द छन् । रेस्टुरेन्टलाई टेकअवेमा सीमित गरेपछि हजारौँ विद्यार्थीले रोजगारी गुमाउनुपरेको छ । सरकारले आफ्नो परिवारबाहेकका दुई जनाभन्दा बढी भेला हुन नपाउने भनेपछि जागिर खोज्न पनि पाएका छैनन् । 

भर्खरै आएका विद्यार्थी अहिले आर्थिक र मानसिक दुवै समस्यामा छन् । एकातिर कलेज शुल्क तिर्नुपर्ने र अर्कोतर्फ आफ्नो गुजारा कसरी चलाउने त्यो सोचेर नयाँ विद्यार्थी पीडामा देखिन्छन् । यहाँस्थित नेपाली दूतावास, अवैतनिक वाणिज्य दूतावास, एनआरएनएलगायतका संस्थाले यी समस्या हल गर्न पहल गरिरहेको बताएका छन् । तर विद्यार्थीले त्यसको खासै आभास पाएका छैनन् । 

अस्ट्रेलिया सरकारले आफ्ना नागरिक तथा स्थायी बासिन्दाका लागि विभिन्न आर्थिक सुविधासहितका सहयोग प्याकेज ल्याएको छ । तर पिआर भएका केहीबाहेक नेपाली विद्यार्थीहरू भने त्यसबाट लाभान्वित हुन पाउँदैनन् । अध्ययन शुल्क, घर भाडा, खाने खर्चको जोहो टड्कारो समस्या बनेको छ । 

अस्ट्रेलिया र नेपालको लकडाउन

अस्ट्रेलियाको विभिन्न सहरमा लकडाउन गरिँदा त्यसको जनताले पूर्ण पालना गरिरहेका छन् । अत्यावश्यक कामको लागि मात्रै कोही कोही फाट्टफुट्ट बाहिर निस्किएका देखिन्छन् । नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सरकारले देशभर लकडाउन गरेको छ । जुन तेस्रो सातामा चल्दै छ । त्यो आवश्यक कदम हो । कोरोना भाइरस मान्छेबाट मान्छेमा सर्छ भन्ने पुष्टि भइसकेकाले यसबाट बच्ने प्रमुख उपाय भनेकै मान्छे–मान्छेबीच दुरी कायम गर्नु हो । त्यसैले अहिले नेपाल सरकारले चालेको कदमलाई सबै जनाले साथ दिनु आवश्यक छ । 

अस्ट्रेलियाको विभिन्न सहरमा लकडाउन गरिँदा त्यसको जनताले पूर्ण पालना गरिरहेका छन् । तर नेपालमा भने त्यस्तो देखिँदैन । मानिसहरू सडकमा निस्किएको र प्रहरीले भाटा हानेको भिडियोहरु सामाजिक सञ्जालमा देखिरहेका छौँ । मानिसहरूले नेपालमा लकडाउनलाई सही अर्थमा नबुझेकाले यस्तो भएको हुन सक्छ । लकडाउन सरकारले जनतामाथि लादेको कर्फ्यू होइन । आफू सुरक्षित हुन स्वेच्छिक रूपमा आइसोलेसनमा बस्ने प्रक्रिया नै लकडाउन हो । सरकारका लागि आफूहरूले भोग्नुपरेको कठोर सजाय नभई आफ्नै सुरक्षाको लागि हो भन्ने बुझेमा वा बुझाउन सकेमा यस्तो समस्या नदोहोरिएला ।

अस्ट्रेलिया र नेपालबीच फरक

अस्ट्रेलिया  र नेपालको परिस्थिति उस्तै छैन । यहाँ आम नागरिकलाई अत्यावश्यक सामग्रीको अभाव पनि सरकारले हुन दिएको छैन । घर–घरमासमेत आपूर्ति भइरहेको छ । तर विकासोन्मुख देश नेपालमा त्यो सुविधा छैन । त्यसैले मानिसहरू आफ्नो दैनिक आवश्यकताका वस्तुहरूको किनमेलका लागि पनि बाहिर निस्कनुपर्ने बाध्यता हुनसक्छ । धेरै जना एक ठाउँमा आएर खरिद गर्ने नभई एकजनाले भ्यानमा राखेर धेरै ठाउँमा पुर्‍याएमा त्यो समस्या हट्ने देखिन्छ । यो स्थानीय सरकार र प्रशासनले सक्रियता देखाए सम्भव हुनसक्छ ।

समाचार तथा सामाजिक सञ्जालका केही भिडियोहरुमा मैले देखेको छु नेपालमा बिहान र बेलुकी खाद्य सामाग्री तथा तरकारी किन्न भीड लागेको । कर्फ्यू खुलेजस्तो गरी एकैचोटी ग्वार-ग्वार्ती मानिसहरू बाहिर निस्किरहेका छन् । यसले घरभित्रै बसिरहनुको अर्थ नै छैन । बाहिर एकै पटक निस्कँदा सङ्क्रमणको जोखिम हुन्छ । यस्तो बेलामा एक पटकमा धेरै दिनलाई पुग्ने गरी खाद्यान्न खरिद गर्नु राम्रो हुन्छ । यसको अर्थ धेरै भण्डारण गर्ने भने होइन । त्यसैगरी उपभोगमा मितव्ययी हुन पनि जरुरी छ । बजारमा अभाव हुन नदिन सकेसम्म ग्याँसलगायत सामग्रीको धेरै भण्डारण नगर्नु नै उचित हुन्छ । 

(८ महिनादेखि अस्ट्रेलियाको मेलबर्नमा रहेकी धमलासँग नेपाल फल्यासका लागि श्यामसुन्दर पुडासैनीले गरेको कुराकानीमा आधारित । धमला अहिले होम क्वारेन्टाइनमा छिन् ।)

पत्रकार धमला उच्च शिक्षा अध्ययनका क्रममा अस्ट्रेलियामा छिन् ।

कस्तो लाग्यो ?

यो पनि