बैशाख १४, २०८१, शुक्रबार
               

मोटरसाइकल दुर्घटना हुँदा आमाछोराको निधन

नेपाल फ्ल्यास
असार १७, २०७७

ADVERTISEMENT

धनुषा । धनुषामा भएको मोटरसाइकल दुर्घटनामा आमाछोरोका निधन भएको छ । 

धनुषाको क्षिरेश्वरनागथ नगरपालिका ४ हरैयामा बुधबार मोटरसाइकल दुर्घटना हुँदा आमा-छोराको मृत्यु भएको हो ।

जनकपुर-ढल्केबर सडक खण्डमा पर्ने हरैयामा ज.३प ७०४२ नम्बरको मोटरसाइकल सडक छेउको खम्बामा ठोक्किँदा चालक जनकपुरधाम उपमहानगरपालिका–२० देवपुर रुपैठाका २५ वर्षीय विजय शर्मा र उनकी ४५ वर्षीया आमा धर्मवतीदेवीको मृत्यु भएको हो । 

धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका विजयलाई अस्पताल लग्ने क्रममा बाटोमै र उनकी आमाको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु भएका आमा छोराको शवलाई परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि