बैशाख १४, २०८१, शुक्रबार
               

मंगलबार थपिए ३१६ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा मंगलबार ३१६ जना कोरोना संक्रमित थपिएका छन् । 

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

विगत २४ घण्टामा मुलुकभर ४ हजार ७ सय ११ जनाको पिसिआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएकाे हाे । हालसम्म २ लाख २८ हजार ३ सय ४१ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएकाे छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । आज थप ६० जना डिस्चार्ज भएका छन्। निको भएर डिस्चार्ज हुने संक्रमितको संख्या ३ हजार १ सय ९४ जना छ । हालसम्म कोरोना संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ।

 


कस्तो लाग्यो ?

यो पनि