बैशाख १५, २०८१, शनिबार
               

क्वारेन्टाइनका भान्सेको मृत्यु

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

धनगढी । बैतडीमा दुई महिनादेखि क्वारेन्टाइनमा खाना पकाउँदै आएका व्यक्तिको मृत्यु भएको छ ।

शनिबार दशरथचन्द नगरपालिका–६ का ५३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकाहरुलाई खाना पकाउने काम गरिरहेका ती पुरुषको शनिबार बिहान एक्कासि बिरामी भएपछि उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर धनगढी पठाइने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए ।


कस्तो लाग्यो ?

यो पनि