बैशाख १५, २०८१, शनिबार
               

‘छुपुमा छुपु हिलोमा धान रोपेर छोडौँला’  (फोटो फिचर)

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

काठमाडौं उपत्यकामा धान रोपाइँ सुरु भएको छ । काठमाडौंको कङ्क्रिट सहरबाट केही पर जाने हो भने छुपुछुपु धान रोपेको दृश्य देख्न सकिन्छ । असार लागेसँगै रोपाइँको चटारो सुरु भएको छ ।नेपालको प्रमुख अन्नबाली मानिने धान असारमा रोपेसँगै मंसिरमा भित्राउन तयार हुन्छ ।

सोमबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका पुग्दा स्थानीय बासिन्दा खेत रोपाइँमा व्यस्त थिए । कोही खेत खन्दै थिए त कोही बिउ काढ्ने, कोही गोरु लगाएर खेत साउन र  रोपाहा धानमा व्यस्त थिए । पछिल्लो समय ट्याकटरको प्रयोग गरिए ता पनि केही ठाउँमा अझै पुरानै चलन गोरुले  नै  जोते का  दृश्य देखिन्थे । 

मानो रोपेर मुरी फलाउने समय भएकाले अधिकांश किसान व्यस्त छन् । सामान्यतया असार १५ पछि रोपाइँ सुरु हुने मानिए पनि काठमाडौं उपत्यकाकाे वरपरका रोपाइँ सुरु भएको छ ।

लगातार भइरहेको वर्षाका कारण पनि किसानलाई रोपाइँ गर्न सजिलो भएको छ । यो वर्ष मनसुन समयमै सुरु भएकाले केही राहत भएको किसानहरू भनाइ छ । 

यसरी धान रोप्ने क्रममा ‘छुपुमा छुपु हिलोमा धान रोपेर छोडौँला, बनाइ कुलो लगाइ पानी आएर गोडौँला’जस्ता असारे भाका गाउने गरिन्छ ।

फोटो पत्रकार सरोज बस्नेतले खिचेका हेरौँ रोपाइँका केही तस्बिर

     

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


कस्तो लाग्यो ?

यो पनि