काठमाडौं । जनता समाजवादीकी सांसद सरिता गिरीले संसदमा दर्ता गराएको संशोधन प्रस्ताव अस्वीकृत भएको छ ।
अस्वीकार भएपनि बोल्न खोजेकी गिरीले सभामुख अग्नि सापकोटाले बोल्ने अवसर दिन खोजेका थिए । तर अरू सांसदहरूले होहल्ला गरे ।
पूर्ण नक्सा सहितको संविधान संशोधनका विपक्षमा रहेकी गिरीलाई समय दिएपछि सांसदले उनको विरुद्धमा होहल्ला गरेका हुन् ।
गिरीले बोल्न खोजेपछि सभामुखले उनको प्रस्तावलाई अस्विकृत गर्दै बस्न रुलिङ गरेका थिए ।
त्यसलगत्तै गिरी संसद बैठक छोडेर बाहिरिएकी छिन् ।