कात्तिक ३०, २०८१, शुक्रबार
               

संसदमै निर्णय सुनाउँछु भन्दै बैठकबाट बाहिरिइन् सरिता गिरी

नेपाल फ्ल्यास
जेठ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । समाजवादी पार्टीले नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

संसदीय दलको शनिबार बसेको बैठकले सांसद सरिता गिरीलाई आफ्नो संशोधन फिर्ता लिन निर्देशन समेत लिएको छ । 

तर सांसद गिरी भने यसबारे सोचेर संसदमा जानकारी दिने बताएकी छिन् । संशोधनप्रस्ताव फिर्ताबारे म संसदमै सोचेर निर्णय सुनाउँछु
भनेर उहाँ बैठकबाट निस्कनुभयो, एक नेताले भने ।  

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा जारी अनुसार नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको छ । 

यसमा समाजवादीकी सांसद गिरीले मात्र संशोधन हालेकी छन् ।

पार्टीले संशोधन फिर्ता लिन निर्देशन दिएपछि उनले फिर्ता लिएकी छैनन् ।


कस्तो लाग्यो ?

यो पनि