बैशाख १५, २०८१, शनिबार
               

विदेशबाट फर्किने नेपालीलाई निःशुल्क सीम कार्ड

नेपाल फ्ल्यास
जेठ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । विदेशमा समस्यामा परेर नेपाल फर्किने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सीम कार्ड उपलब्ध गराउने भएको छ।

सरकारले तोकेकाे विभिन्न २० वटा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने नागरिकहरूलाई राख्ने क्वारेन्टाइन स्थल तथा होल्डिङ सेन्टरहरूमा बुथ स्थापना गरी नेपाल टेलिकमले निःशुल्क सीमकार्ड दिन लागिएको नेपाल टेलिकमको जनाएकाे छ । 

यसरी सीम कार्ड प्राप्त गर्नका लागि नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने अन्य कागजातमध्ये कुनै एक उपलब्ध गराउनु पर्नेछ । 


कस्तो लाग्यो ?

यो पनि