बैशाख १४, २०८१, शुक्रबार
               

आइतबार थपिए १९ काेराेना संक्रमित, कुल संक्रमित ६०३ जना

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा आइतबार १९ जना कोरोना संक्रमित थपिएका छन् । 

आइतबार नेपालकाे विभिन्न जिल्लामा १९ जना  काेराेना संक्रमति थप भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले जानकारी दिए । मन्त्रालयका अनुसार मोरोङका १, बारा कलैयाका १, पर्साका ३, रौतहटका १, सर्लाहीका १, रुपन्देहीका ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोट ककनीका १ जना संक्रमित देखिएका हुन्। यस्तै कपिलवस्तुका ३ जना र गुल्मीका १ गरी १९ जनामा संक्रमण देखिएको हो।

 यो सँँगै नेपालमा काेराेना संक्रमितकाे सँख्या ६०३ जना पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

 

यो पनि