बैशाख १४, २०८१, शुक्रबार
               

नेकपा सचिवालय बैठकमा एमसिसीबारे छलफल

नेपाल फ्ल्यास
जेठ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा संविधान संशोधन र मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसिसी) परियोजनाबारे छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको अनौपचारिक बैठकमा संविधान संशोधनको गृहकार्य, हालै जारी गरिएको नयाँ नक्सापछिको राजनीतिक अवस्था, आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटलगायत सममायिक विषयमा छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सो अनौपचारिक बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित थिए । बैठकमा एमसिसी अध्ययन कार्यदलका तर्फबाट पार्टीका स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आआफ्ना भनाइ राखेका प्रवक्ता श्रेष्ठले बताए । नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा एमसिसी अध्ययनका लागि कार्यदल बनाएको थियो ।


कस्तो लाग्यो ?

यो पनि