बैशाख १५, २०८१, शनिबार
               

अन्जली लेख्छिन्, 'अबको मेरो आइडल मनिषा'

नेपाल फ्ल्यास
जेठ १०, २०७७

ADVERTISEMENT

अहिले सामाजिक संजालमा नायिका मनिषा कोइरालाको खुबै चर्चा भइरहेको छ । भारतिय नागरिक र भारतिय मिडियाले मनिषालाई नराम्रो शब्द प्रयोग गरेपछि नेपाली कलाकारहरु मनिषाको समर्थनमा उत्रिएका छन् । 

यस्तैमा, मोडल अन्जली अधिकारीले पनि मनिषाको पक्षमा बोलेकी छिन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले मनिषाको पक्षमा बोलेकी हुन् ।

उनले मनिषाको विषयमा भारतिय मिडियामा आएको समाचार देखेर त्यहाँको मिडिया प्रति दया लागेको बताएकी छिन् । 

उनले लेखेकी छिन्, 'मनिषा कोइरालाले आफ्नो सुन्दरता र शशक्त अभिनय प्रतिभाले बलिउडमा स्थान बनाउनु भएको हो । उहाँले आफ्नो जिवनमा जे जति प्राप्त गर्नु भयो त्यो भन्दा बढि बलिउडलाई योगदान दिनु भएको छ ।'

अन्जली मनिषा कोइराला अब आफ्नो आइडल भएको पनि लेखेकी छिन् । उनले थपेकी छिन्, 'क्यान्सरलाई जितेर जुन आत्मविश्वास उहाँले देखाउनु भयो, त्यसबाट नै म प्रभावित थिए । अहिले उहाँ भित्रको राष्टि्यता देखेर झन प्रभावित भएकी छु । म पनि एउटा कलाकार भएकाले अबको मेरो आइडल-मनिशा कोइराला ।'

यो पनि