बैशाख १४, २०८१, शुक्रबार
               

समाजवादी, राजपा नेपालका नेता र देउवाबीच भेटघाट

नेपाल फ्ल्यास
जेठ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । समाजवादी र राजपा नेपालका नेता र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ । 

भेटमा उनीहरुले देउवासँग संविधान संशोधन गर्दा मधेसको माग सम्बोधन गर्न आग्रह गरेका छन् ।

राजपा र समाजवादीका नेताहरुले देउवासँग अनुसूची ३ बमोजिम संशोधनका लागि विधेयक संसद सचिवालयमा दर्ता गराएको स्मरण गराउँदै यही बेला आफूहरुले उठाउँदै आएको संविधान संशोधनको मागलाई सम्बोधनका लागि सघाउन अनुरोध गरेका छन् । 

उनीहरुको अनुरोधको जवाफमा पार्टी पदाधिकारीको बैठक राखेर छलफल गर्ने आश्वासन दिएको बताइएको छ । 

यो पनि