बैशाख १५, २०८१, शनिबार
               

काँग्रेस र जसपाबीच संविधान संशोधनको विषयमा छलफल हुँदै

नेपाल फ्ल्यास
जेठ १०, २०७७

ADVERTISEMENT

संविधान संशोधनको विषयमा काँग्रेस र जसपाबीच आज छलफल हुँदैछ । सरकारले गर्न लागेको संविधान संशोधनको विषयमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालबीच बूढानीलकण्ठमा छलफल भइरहेको छ ।

सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्नका लागि संविधान संशोधन हुन लागेको छ । सोही संशोधनमा मधेसीलगायत अन्य समुदायले माग गरेको संविधान संशोधनलाई पनि समावेश गराउने विषयमा दुई दलबीच छलफल भइरहेको बताइएको छ ।

जसपा नेपालले प्याकेजमै संविधान संशोधनका लागि सरकारलाई आग्रह गरेको छ । संविधान संशोधनको विषयमा सरकारसँग पटक पटक सहमति भए पनि हालसम्म संशोधन नभएको दावी मधेसी दलको छ ।

यसपटक सरकारले नक्साको विषयलाई लिएर संविधान संशोधन गर्न लागेको छ । त्यसमा दुई तिहाई बहुमतका लागि काँग्रेसलगायत अन्य दलको पनि आवश्यकता पर्न सक्छ त्यसैले मधेसवादी दलले काँग्रेससँग छलफल गरिरहेको बताइएको छ ।

साथै बैठकमा सरकारले जारी गरेको नक्साका कारण उत्पन्न परिस्थितिको विषयमा पनि दुई दलको बीचमा छलफल हुने बताइएको छ ।   


कस्तो लाग्यो ?

यो पनि