बैशाख १५, २०८१, शनिबार
               

'सम्हालिन्छ कहिले मन'मा क्यूट पूजा

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

चलचित्र ‘सम्हालिन्छ कहिले मन’ गत वर्ष नै रिलिज हुनुपर्ने हो । तर, विविध कारणले गर्दा चलचित्र रिलिज हुन सकेन ।

त्यसपश्चात् चलचित्र यस वर्षको तीजमा रिलिज हुने भनिएको थियो । तर, कोरोनाका कारण चलचित्र तोकिएको मितिमा रिलिज नहुने पक्का पक्की छ । 

सुदर्शन थापाको निर्देशनमा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन लगायतका कलाकारको मुख्य भूमिका छ । 

चलचित्र रिलिज हुन ढिलाई भएपनि नायिका पूजा शर्माले चलचित्रका तस्वीरहरु सार्वजनिक गरिरहेकी हुन्छिन् ।

सार्वजनिक तस्विरले पूजाको लुक्सलाई प्रष्ट्याउँछ । चलचित्रमा पूजा ‘क्युट गर्ल’को भूमिकामा प्रस्तुत भएकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि