बैशाख १४, २०८१, शुक्रबार
               

'आयो भैरव'को पर्खाईमा संचिता

नेपाल फ्ल्यास
जेठ ०४, २०७७

ADVERTISEMENT

अहिले चलचित्र क्षेत्रले बिश्राम पाएको छ । चलचित्रजन्य सम्पूर्ण काम रोकिएको छ । कोरोनाका कारण लकडाउन हुदाँ सबै काम रोकिएको हो । 

हुनत, नायिका संचिता लुइँटेल उत्ति व्यस्त थिइनन् । पछिल्लो समय उनको व्यस्तता चलचित्रमा भन्दा पनि घरयासी काममा नै बढि छ । आफ्ना दुई सन्तानको हेरचाहमा नै संचिताको दिन बितिहरेका छन् । 

लकडाउनको समय पनि संचिता आफ्नो परिवारको साथ समय बितारहकी छिन् । आफ्ना दुई सन्तान र श्रीमान निखिल उप्रेतीसँग उनको दैनिकी बितिरहेको छ । संचिता यसैमा खुसी छिन् । 

तर, चलचित्र क्षेत्रमा आफ्नो गतिलो उपस्थिती देखाएकी संचितालाई नेपाली दर्शकले भने याद गरिरेहका छन् । उनलाई चलचित्रमा फर्किएको हेर्न चाहाने धेरै छन् । तर, निर्माता-निर्देशकको नजर उनीमाथि परेको छैन । 

अब भने संचिता नयाँ चलचित्रको तयारीमा जुटेकी छिन् । उनले श्रीमान निखिलले नै बनाउन लागेको चलचित्र ‘आयो भैरव’को लागि तयारी सुरु गरेकी हुन् । यस चलचित्रमा निखिल र संचिता एकसाथ देखिनेछन् । 

कुनै समय निकै रुचाइएको यस जोडी पुन: एकसाथ देखिदाँ दर्शकले कत्तिको माया देलान् त्यो भने हेर्न बाकीँ छ ।

यो पनि