बैशाख १४, २०८१, शुक्रबार
               

ऋषिको मृत्युपछि एक्लै बस्छन् रणवीर

नेपाल फ्ल्यास
जेठ ०४, २०७७

ADVERTISEMENT

अभिनेता ऋषि कपुरको मृत्युपछि उनका छोरा तथा अभिनेता रणवीर कपुर निकै तनाबमा थिए । उनलाई आफ्नो जीवनमा फर्किन निकै गाह्रो परिरहेको थियो । 

सधै एक्लै बस्न रुचाउने रणवीर बुबाको मृत्युपछि पनि एक्लै बसेका छन् । उनी प्रेमिका आलिया भट्टसँग मिलेर किनेको अपार्टमेन्टमा एक्लै बस्दै आएका छन् । 

बुबाको मृत्युअघि पनि रणवीर त्यहीँ बस्थे । तर, बुबाको मृत्युपछि रणवीर आमा नितु कपुरसँग बस्ने अनुमान बस्छन् भन्ने अनुमान गरिएको थियो । तर, नितुले पनि एक्लै बस्ने चाहाना गरेपछि रणवीर अपार्टमेन्टमा फर्किएका हुन् । 

अपार्टमेन्टमा रणवीर आलियासँग बसेको समचार पनि आइरहेको थियो । तर, उक्त कुरा झुट भएको भारतिय मिडियामा उल्लेख छ । रणवीरले आलियालाई पनि साथमा राखेका छैनन् । केही समय रणवीर एक्लै बस्न चाहेका छन् । 

कोरोनाको कारण बलिउड शु्न्य छ । रणवीरका केही चलचित्रको छायांकन रोकिएका छन् । आलिया र रणवीर चलचित्र ब्रह्मास्त्रमा एकसाथ देखिदैँछन् ।


कस्तो लाग्यो ?

यो पनि