बैशाख १४, २०८१, शुक्रबार
               

अमेरिकन आइडलको फाइनल आजः दिवेशले जित्लान् त उपाधि ?

नेपाल फ्ल्यास
जेठ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (आइतबार) सिङ्गिङ रियालिटी शो अमेरिकन आइडलको फाइनल हुँदैछ । नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको फाइनलसम्म पुग्न सफल भएका छन् ।

सिजनको अन्त्यतिर क्वारेन्टाइनबाटै प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुति दिइरहेका छन् । 

यसैबीच, अमेरिकन आइडलका अन्तिम सात प्रतिस्पर्धीमध्येका एक एक आर्थर गनले उपाधि जित्नसक्ने अड्कल धेरै अनलाइन सर्वेक्षणहरुले गरिरहेका छन् ।  

अमेरिकी समयअनुसार साँझ ७ बजे एबिसी, च्यानल १० मा यो शो प्रशारण हुनेछ ।

नर्भस छन् दिवेश

कान्सासको पूर्वी विचिटास्थित घरबाट दिवेशले भने, ‘आइतबारलाई लिएर धेरै नर्भस छु ।’ कोराना भाइरसका कारण लकडाउन भएको अवस्थामा यहीँबाट उनले विगत केही सातादेखि प्रस्तुती दिइरहेका छन् । ‘यो ठूलो दिन हो । यो निकै स्मरणीय हुनेछ,’ उनले भने ।

आइतबारको फाइनल सुरु हुनासाथ सात जना प्रतिस्पर्धीमध्ये दुई जना बाहिरिनेछन् । र बाँकी रहेका पाँच गायक–गायिकाले दुई वटा गीत प्रस्तुत गर्नेछन् । विजेताको टुंगो दुई घण्टा लामो लाइभ रियल टाइम भोटिङबाट लाग्ने बताइएको छ ।

दर्शकमाझ लोकप्रिय डिल्लन जेम्स र १९ वर्षीय क्यालिफोर्नियाका फ्रान्सिस्को मार्टिनसहित अन्य ६ प्रतिस्पर्धीविरुद्ध आर्थर छन् । तर धेरै अनलाईन सर्वेक्षणले आर्थर उत्कृष्ट पाँचभित्र पर्ने र सम्भवत उनले नै ताज जित्ने अड्कल लगाएका छन् ।

आफ्नो पृथक स्वरका कारण उनले दर्शक र निर्णायकलाई प्रभावित गरेका छन् । 

क्रिडेन्स क्लियरवाटर रिभाइभल, विनोनी हेयर्स र जोन डेन्भरजस्ता कलाकारको गीतमा उनले सिजर्नात्मक प्रस्तुति दिएका छन् । 

उनको विनम्रता र मुस्कानले टेलिभिजनमा धेरैलाई आकर्षित गरेको छ । त्यसैले उनले राम्रो मत निकाल्ने अनुमान गरिएको छ ।

सर्वेक्षणमा अघि

यस रियालिटी शोको फाइनलको पूर्वसन्ध्यामा गोल्ड डर्बीले गरेको अनलाईन सर्वेक्षणअनुसार आर्थर गन सबैभन्दा अगाडि छन् । उनको पक्षमा ३१ प्रतिशत समर्थक देखिएका छन् भने जस्ट सामका पक्षमा २१ प्रतिशत देखिएका छन् ।

सर्वेक्षणअनुसार अन्य प्रतिस्पर्धी जोनी वेस्टको पक्षमा १४ प्रतिशत, डिल्लोन जेम्सको पक्षमा १२ प्रतिशत, फ्रासिस्को मार्टिनको पक्षमा ११ प्रतिशत, जुलिया गार्गानोका पक्षमा ७ र लुईस नाइटका पक्षमा ४ प्रतिशत समर्थक देखिएका छन् ।

यो पनि