बैशाख १४, २०८१, शुक्रबार
               

यस्तो बन्यो ‘रानीमहल’को टिजर

नेपाल फ्ल्यास
जेठ ०२, २०७७

ADVERTISEMENT

चलचित्र ‘रानीमहल’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको टिजरमा चलचित्रका मुख्य कलाकारलाई फिचर गरिएको छ । टिजरमा कलाकारको त्रिकोणात्मक प्रेम देखाइएको छ । 

हिमाल न्यौपानेले निर्देशित रानीमहलमा निकिता चण्डाक, प्रतिमराज सेन्चुरी, साहिल श्रेष्ठ र मानश्वी खरेलको मुख्य भूमिका रहेको छ । चलचित्रमा दुई स्वर्गिय कलाकारलाई पनि देख्न सकिन्छ । चलचित्रमा विएस राणा र दीपक क्षेत्रीको पनि मुख्य भूमिका रहेको छ ।

टिजर सार्वजनिक भएपनि चलचित्रको छायांकन भने सकिएको छैन । २५ प्रतिशत छायांकन सकिएपछि अन्तरिक झगडाका कारण चलचित्रको छायांकन रोकिएको छ । त्यसैले अहिले पनि चलचित्रको छायांकन सकिएको छैन । 

चलचित्रको छायांकन नसकिएकाले रिलिज मिति पनि पक्का हुन सकेको छैन । 

हुन त, चलचित्र नै नबन्ने हो कि भन्ने अवस्थामा टिजर सार्वजनिक गरेर निर्माणको आश दिनु राम्रो कुरा हुनसक्छ ।

 


कस्तो लाग्यो ?

यो पनि