बैशाख १४, २०८१, शुक्रबार
               

शबे बरात पर्ब घरमै मनाउन आग्रह

रासस
चैत २६, २०७६

ADVERTISEMENT

चितवन । नेपाल मुस्लिम सङ्घ चितवनका अध्यक्ष ईसुफ दिन मियाँले इस्लाम धर्मावलम्बीलाई शबे बरात पर्व घरमै मनाउन अनुरोध गरेका छन् ।

मुस्लिम धर्मावलम्बीले बिहीबार शबे बरात पर्व मनाउने भएको छ । कोरोना भाइरस (कोभिड— १९) को सङ्क्रमण रोकथामका लागि सरकारले देशभर लागू गरेको लकडाउनमा यो पर्व मनाउन मस्जिद तथा कब्रिस्तानमा नगई घरमै बसेर इबादत (उपासना) गरी मनाउन अनुरोध गरिएको अध्यक्ष मियाँले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
 
उनले यो पर्वका अवसरमा देश, विदेशमा बस्नुहुने सम्पूर्ण इस्लाम धर्मावलम्बीलाई शुभकामना दिँदै कोरोना भाइरस सङ्क्रमणको न्यूनीकरणमा सहयोग पुप्याउन सबैमा आह्वान गरेका छन् ।

त्यस्तै नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले यो पर्वको उपलक्ष्यमा शुभकामना दिदैं इस्लाम धर्मावलम्बीलाई घरमा नै पर्ब मनाउन आह्वान गरेका छन् ।

 

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि