बैशाख १४, २०८१, शुक्रबार
               

पदबाट हटाएर देखाउनूस्: प्रधानमन्त्री

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाउन चेतावनी दिएका छन् । 
झापाको बिएण्डसी मेडिकल कलेजको क्यान्सर अस्पताल उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन चाहेको भए हटाएर देखाउन चेतावनी दिएका हुन्।

यसअघि पनि प्रधानमन्त्री ओलीले सक्ने भए आफूलाई पदबाट हटाएर देखाउन चेतावनी दिँदै आएका छन् । 

‘सर्वोच्च अदालतले प्रतिनिधि सभा ब्युँतायो ठिकै छ। अब कसरी अगाडि जान्छ, म पनि हेर्छु। म अदालतको फैसला मान्छु कार्यान्वयन गर्छु,’  उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले भने,  ‘२३ गते प्रतिनिधि सभाको अधिवेशन बस्छ। राम्रोसँग अघि बढ्छ।’ 

उनले आफू सकारात्मक रुपमा अघि बढ्ने बताउँदै भने, ‘अहिले पनि मलाई कसैले सक्छ भने हटाइयोस्।  तर, हटाउन सजिलो छैन। म खुसीसाथ हट्छु। तर, दुई वर्षपछिको चुनावमा दुईतिहाइका साथ सिंहदरबार फर्कन्छु।’

प्रधनमन्त्री ओली पदबाट आफूलाई हटाएर देखाउन दिएको चुनौती यो दोस्रो पटक हो ।


कस्तो लाग्यो ?

यो पनि