बैशाख १४, २०८१, शुक्रबार
               

विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

सरकारले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका छन् । 

मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएका हुन् । पछिल्लो समूह सरकार र विप्लव पक्षबीच वार्ताका लागि अनौपचारिक छलफल हुँदै आएको थियो । 

आइतबार झापामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवसँग छिट्टै वार्ता हुने बताएका थिए । ओलीले विप्लवलाई सरकारले शान्ति प्रक्रियामा ल्याएको सारा नेपालीले टेलिभिजनबाट देख्नेसमेत बताएका थिए । उनले भनेका थिए, ‘तपाईंहरूले घर बसीबसी समस्या समाधानको भव्य कार्यक्रम टेलिभिजनबाट देख्नुहुनेछ ।’ 

उसो त फागुन ८ गते प्रतिबन्धित नेकपाका महासचिव विप्लवलेसमेत वार्तामा बस्न आफूहरू तयार रहेको जनाउँदै विज्ञप्ति जारी गरेका थिए । सो अघि केपी शर्मा ओली र उनी नेतृत्वको सरकारको कडा आलोचना गर्दै विज्ञप्ति जारी गर्ने गरेका विप्लवले ‘सफ्ट भाषामा’ वार्ताका लागि तयार रहेको बताएका हुन् ।

आफूहरूको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनताको हित र अधिकारका लागि गरिएको समेत पहल रहेको र जनसमुदायमा सहज गतिविधि तथा कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा वार्तामा बस्न तयार रहेको विप्लवको भनाइ थियो । सरकारले वार्ता टोली बनाएसँगै विप्लव समूहबाट पनि छिट्टै वार्ता टोलीको घोषणा गर्ने बुझिएको छ । 


कस्तो लाग्यो ?

यो पनि