बैशाख १४, २०८१, शुक्रबार
               

लड्डु खाएर के पाउँछन् हेर्नु छ : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।

सर्वोच्चले प्रधानमन्त्रीको कदमलाई बदर गरेको भोलिपल्ट पहिलोपटक नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले अदालतको फैसला सामान्य भएको बताउँदै सो बताएका हुन् । 

सो क्रममा प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालतर्फ संकेत गर्दै भने, 'यो सामान्य कुरा हो । मेरा भाइहरुले लड्डु ख्वाइ ख्वाइ गरेका छन् । जिते भनेका छन्, के जिते मलाई थाहा छैन । लड्डु खाएर के पाउँछन् हेर्नु छ ?'

सो क्रममा उनले के जितेको हो भन्नबारे आफूलाई थाहा नभएको बताउँदै जितबाट के पाउँछन् भनी हेर्न बाँकी रहेको बताए ‘मेरो विचारमा भोलि पर्सिदेखि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ,’सो क्रममा उनले भने  ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले अदालतको फैसलापछि मंगलबार साँझ चितवनमा एक अर्कालाई लड्डु खुवाएर खुसी साटासाट गरेका थिए ।

पुस ५ मा मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटनसँगै फरक धारमा नेकपालाई विकसित गरी संसद् विघटनविरुद्ध उनीहरु आन्दोलनरत थिए । 


कस्तो लाग्यो ?

यो पनि