बैशाख १५, २०८१, शनिबार
               

संसद् बैठक बोलाउने ओली समूहको निर्णय

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनष्ट पार्टी केपी समूहको  स्थायी कमिटी बैठक भर्खरै सम्पन्न भएको छ । प्रधानमन्त्री ओली निवास बालुवाटारमा सम्पन्न स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले आवश्यक परामर्शपछि मात्रै राजीनामा दिने वा नदिनेबारे निर्णय लिने ववषयमा छलफल भएकाे छ । 

अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय भएको ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए,-‘अहिलेको हकमा सर्वोच्च अदालतको फैसलालाई सम्मान र कार्यान्वयन गर्ने हामीले निर्णय गरेका छौँ ।’

आजको बैठकले संसदीय दलको बैठक र पार्टी केन्द्रीय समितिको बैठक पनि बोलाउने निर्णय गरेको छ । साथै प्रतिनिधिसभाको अधिवेशन निर्धारित समयमै बोलाइने र त्यसपछिको दृश्य कस्तो हुन्छ भन्नेबारे सबै पक्षसँग छलफल गर्ने निर्णय समेत गरेकाे छ ।  सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि