बैशाख १४, २०८१, शुक्रबार
               

विप्लव समूहका नेता बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

नेपाल फ्ल्यास
फागुन ११, २०७७

ADVERTISEMENT

काठमाडौं‌ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द विप्लव) समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोलालाई सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश जारी गरेको हो । ‘बिनाआधार कारण थुनामा राखेकोमा यसअघि पनि बन्दी प्रत्यक्षीकरणको आदेश जारी भएकोमा निज मुक्त नभई हालसम्म थुनामा रहेको देखिन्छ, अदालतका रजिष्ट्रारको रोहवरमा गैरकानूनी थुनामा राखिएका बास्तोलालाई थुनाबाट मुक्त गरिदिनु’, आदेशमा भनिएको छ ।

यसअघि गत माघ १५ गते र २२ गते  थुनामुक्त गराउन अदालतले आदेश जारी गरेको थियो । तर, अदालतको आदेशलगत्तै नेता बास्तोला पक्राउ परेका थिए ।

चन्द समूहका पश्चिम कमाण्ड इन्चार्ज रहेका बास्तोलाको तर्फबाट हिमा बास्तोलाले सर्वोच्चमा बन्दप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । गत पुस २९ गते बास्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो । बास्तोलामाथि नक्खुस्थित एनसेल टावरमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोप छ । 

यो पनि