बैशाख १४, २०८१, शुक्रबार
               

होस हवास उडेकाले ओली उपराष्ट्रपति र सभामुखलाई गाली गर्दैछन्: अध्यक्ष दाहाल

नेपाल फ्ल्यास
फागुन १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको होस हवास उडेकाले सभामुख र उपराष्ट्रपतिलाई गालीगलौज गर्दै हिँड्न थालेको बताएका छन् । 

नेकपा प्रवास समन्वय कमिटीले आयोजना गरेको ‘नेपालको राजनीति  कता जान्छ, के हुन्छ’ विषयमक अन्तरक्रियाका क्रममा बोल्दै दाहालले सो बताएका हुन् । प्रतिनिधिसभा विघटनविरुद्ध अन्तिम समयसम्म संघर्ष गर्ने र प्रतिगमनलाई नेपाली जनताको शक्तिले परास्त गर्ने सो क्रममा प्रचण्डले बताए ।

‘हतारमा पार्टी एकीकरण गरिएको थिएन । अत्यन्त सुझबुझका साथ गरिएको र समग्रमा पार्टी एकताको वैचारिक तथा सैद्धान्तिक धरातल मार्क्सवाद, लेनिनवाद र समाजवाद उन्मुख जनताको जनवाद प्रस्ट थियो, तर त्यसको कार्यान्वयनमा केपी ओलीले बेइमान गरे,’ उनले भने, ‘आफैँले अघि सारेको प्रधानमन्त्रीलाई समयमा नियन्त्रण गर्न नसक्दा ७० वर्ष लामो आन्दोलनबाट प्राप्त उपलब्धिलाई केपी ओलीले एकै झट्कामा चकनाचुर पारे ।’

केपी ओलीले देशलाई अँध्यारो सुरुङभित्र प्रवेश गराएको बताउँदै उनले ओलीको प्रयासलाई सर्वोच्च अदालतले रोक्ने र देश संविधानको मर्मको बाटोमा पुनः फर्किने बताए ।

ओलीले पार्टी पद्दति र संविधान नमानेर देशको कुर्सी संसद भाचिदिएको बताउँदै उनले गणतन्त्रलाई समाप्त पार्ने प्रतिगमनकारी कदमलाई कुनै हालतमा परास्त गर्ने प्रतिबद्धता व्यक्त गरे । 

‘पार्टीको तर्फबाट सरकारलाई कयौँ दबाब दिँदादिँदै सरकारको अदूरदर्शीताले कोभिडका कारणले प्रवासमा तपाईंहरूले जुन दुःख पीडा भोग्नुपर्यो, समयमा आफ्नो मातृभूमि फर्कनसक्नु भएन त्यो पीडा हामीले बुझेका छौँ,’ उनले भने,  ‘तर, अब हामी आउने दिनमा हुन दिने छैनौँ । प्रवासमा रहेका नेपालीलाई राहत दिन, नेपाली नियोगको संस्थागत परिचालन, गैरआवासीय नेपालीलाई कानुन बमोजिम दोहोरो नागरिकता प्रदान, गोर्खाको समानताको मागमा ऐक्यबद्धता, प्रवासको पार्टी कामलाई मान्यता दिनेलगायतका विषयमा पार्टी स्पष्ट रहेको छ ।’


कस्तो लाग्यो ?

यो पनि