बैशाख १४, २०८१, शुक्रबार
               

नयाँ वर्षमा ‘लप्पन छप्पन २’

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नयाँ वर्षको छेको पारेर चैत २७ मा फिल्म ‘लप्पन छप्पन २’ रिलिज हुने भएको छ । मुकुन्द भट्टको निर्माण तथा निर्देशनमा बनेको फिल्मको नयाँ रिलिज मितिसँगै टिजर पनि सार्वजनिक भएको छ ।

निर्माण टिमले अभिनेता सौगात मल्ललाई पहिलोपटक टिजरमार्फत सुपरस्टारको ट्याग दिएका छन् । टिजरमा सौगात मल्ललाई मात्र स्थान दिइएको छ । एक्सन ड्रामा फिल्ममा सौगातसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट,  शक्ति श्रेष्ठ, प्रकाश कुँवर, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ ।

खिलेन्द्रराज तिमलसिना प्रस्तुतकर्ता रहेको फिल्ममा निर्देशक भट्ट र सुनिल नेउरेको पटकथा तथा संवाद छ । फिल्म निर्माणमा गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि