बैशाख २३, २०८१, आइतबार
               

अध्यक्ष ओलीको स्पष्टीकरण : मैले न्यायाधीश भेटेको छैन

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको बताएका छन् ।

सर्वोच्च अदालको इजलासमा रिट निवेदहहरुले न्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको भन्दै आपत्ति जनाएको भोलिपल्ट शनिबार प्रधानमन्त्री ओलीले सो स्पष्टीकरण दिएका हुन् । 

शनिबार काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली समूहका अध्यक्ष ओलीले भने, ‘मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन ।’

शुक्रबार संवैधानिक इजलासमा रिट निवेदहरुले इजलासमा रहेका न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको भन्दै आपत्ति जनाएका थिए । सोप्रति लक्षित गर्दै प्रधानमन्त्री  ओलीले आफूले कोही न्यायाधीश पनि नभेटको बताएका हुन् । 

उनले अघि भने, ‘अह, सपना प्रधानलाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको हो । अरु देखेको पनि छैन, शायद चिनेको पनि छैन ।’


कस्तो लाग्यो ?

यो पनि