बैशाख १४, २०८१, शुक्रबार
               

पछिल्लो २४ घण्टामा थप ४०३ मा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ कोरोना संक्रमित पहिचान भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या चार हजार ४२६ पुगेको छ । योसँगै कोरोना संक्रमितको संख्या दुई लाख ६६ हजार ५४६ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा थप ४०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६० हजार १७७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९४३ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि