बैशाख १४, २०८१, शुक्रबार
               

सरकारले तोक्यो हल स‌न्चालन तथा अनुगमनको मापदण्ड

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

 सरकारले १० महिनादेखि बन्द रहेका हलहरु सुरक्षा मापदण्ड अपनाएर खोल्ने निर्णय गरेको छ । सरकारले हल खोल्ने निर्णयसँगै हल संचालन तथा अनुगमनको मापदण्ड पनि तयार पारेको छ ।

सरकारले सार्वजनिक गरेको मापदण्डमा रहेर प्रदर्शकहरुले हल संचालन गर्नुपर्नेछ ।

महामारीका कारण बन्द रहेका हलहरु एकतर्फी रुपमा पौष १० गतेबाट संचालनमा आएका थिए । त्यसको १५ दिनपछि सरकारले हल खोल्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले हल खोल्ने अनुमति दिएसँगै सन्चार मन्त्रालयले हल संचालनका लागि मापदण्ड तयार पारेको हो ।

१९ बुँदे संचालन तथा अनुगमन मापदण्डमा अनलाइनमार्फत टिकट बिक्री गर्नुपर्ने, काउन्टरबाट बिक्री गर्नुपर्दा तोकिएको भौतिक दूरी कायम गरी सोको अनिवार्य पालना गराउनुपर्ने उल्लेख छ । यस्तै, दर्शक तथा हलका कर्मचारी अनिवार्य रुपमा मास्क लगाएर मात्र हलमा प्रवेश गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि