बैशाख १४, २०८१, शुक्रबार
               

लण्डनमा नेपाली सेफको हत्या

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

लण्डन । लण्डनमा एक नेपाली सेफको हत्या भएको छ । 

आइतबार राति करिब साढे १० बजे लण्डन इस्टकोट स्टेशन अगाडि झगडा हुँदा ३५ वर्षीय विक्रम केसीको हत्या भएको नेपलिज सेफ एसोसिएसन युकेका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेनाले जानकारी दिए ।

सामान्य भनाभनमा एक २१ वर्षीय युवाले कुटपिट गरेपछि उनको घटनास्थलमै मृत्यु भएको तिमल्सेनाले बताए । कुटपिट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सोसल ढाबा नामक रेष्टुरेन्टमा काम गरेर फर्किरहेका केसी र ती अपरिचित युवाबीच वादविवादपछि झडप भएको बताइएको छ । झगडाको कारण भने खुल्न सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ ।

‘आफ्नी श्रीमतीलाई फोन गरेर म ५ मिनेटमा घर आइपुग्छु भनेका रहेछन्’, एनआरएनए युरोप उपसंयोजक समेत रहेका तिमल्सेनाले भने, ‘आधा घण्टासम्म पनि श्रीमान नआएपछि श्रीमती स्टेशनतिर निस्कँदा प्रहरी र एम्बुलेन्स आइसकेका रहेछन् । 

प्रहरीसँग आफ्ना पतिबारे सोधखोज गर्दा प्रहरीले उनको हत्या भएको बताएका थिए ।

स्टेशनबाट केसीको घर करिब दुई मिनेट दुरीमा अवस्थित छ ।

विक्रम केसी भारत, कुवेत हुँदै सन् २००७ तिर तिमल्सेनाकै पहलमा लण्डन आएका थिए । ‘इण्डो चाइनिज’ खानाका सेफ केसीले भेन्यू ५, ब्लु अर्किडलगायतका रेष्टुरेन्टमा काम गरिसकेका थिए ।

काठमाडौं घर भएका केसी श्रीमती र भाइ-बुहारीका साथ लन्डनमा बस्थे । 


कस्तो लाग्यो ?

यो पनि