बैशाख १५, २०८१, शनिबार
               

कतारमा काम गरेका १४ नेपालीको पारिश्रमिक स्वदेश फर्केपछि भुक्तानी

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

दोहा । कतारको दुईवटा कम्पनीबाट १४ जना नेपाली श्रमिकले  पाउनुपर्ने बाँकी तलब उठाएर नेपाल पठाइएको छ । विभिन्न कारणले नेपाल फर्केका १४ जना नेपालीले कम्पनीबाट पाउन बाँकी ४४ लाखभन्दा बढी रकम नेपाल पठाएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

अल बन्दारी ईञ्जिनियरिङ कम्पनीका १२ जना  तथा अल डल्ला क्लीयरिंग एण्ड कन्ट्राक्टिङ कम्पनीका दुई जना गरी १४ जना नेपालीहरूको तलब सुविधालगायत नियमानुसार प्राप्त गर्नुपर्ने बाँकी १ लाख ४४ हजार ६९ कतारी रियाल कन्सुलर सेवा विभाग, काठमाडौंमा पठाइएको हो ।

रकम कन्सुलर सेवा विभागबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएपछि त्यहाँबाट सजिलै प्राप्त गर्न सकिने दूतावासले जनाएको छ ।

कतारी कम्पनीमा काम गरेर नेपाल फर्किएकाहरुमा प्यूठानका रमला बुढामगर, बाँकेका रियाज अहमद खान र ईशरायल नाउ, झापाका सञ्च कुमार लिम्वू, संखुवासभाका रोशन थापा, सल्यानका रेवन्त विक र हेमराज रोक्का, खोटाङका राजु तामाङ, तनहुँका गण्ट बहादुर गुरुङ, धनुषाका शत्रुधन यादव तथा अशोक कुमार मण्डल र रूकुमका नैनवीर विकेले पारिश्रमिक बापत पाउनुपर्ने रकम स्वदेश पठाइएको दूतावासले जनाएको छ ।

यसैगरी, अल डल्ला क्लियरिङमा काम गरेका दोलखाकी फूलमाया तामाङ र भोजपुरका सञ्जय सुतार कार्कीको रकम पनि पठाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि