बैशाख १४, २०८१, शुक्रबार
               

प्रचण्ड–माधव समूह भगौडा हुन् : केपी ओली

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई भगौडाको संज्ञा दिएका छन् । धनगढीमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

संसद विघटनपश्चात् सोप्रति असन्तुष्टि जनाउँदै माधव-दाहालपक्षीय नेकपा फरक धार विकसित भएको छ ।

आफू ६४ प्रतिशत सांसदको नेता भएकाले संसद विघटन संवैधानिक भएको उनको भनाइ छ । उनले भने, तपाईंहरुले यहाँ गाली गर्दै हिँडेका, पार्टी छाडेर भागेका भगौडाहरुका कुरा सुन्नुभएको होला । तपाईंहरु प्रभावित भइरहनुपर्ने आवश्यकता छैन ।’

प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताउँदै उनले तोकिएको मितिमै चुनाव हुने उनले बताए । संबोधनका क्रम उनले आफू परिवारका लागि राजनीतिमा नलागेको बताए । उनले भने, भन्नेबेलामा जनताका लागि राजनीति गरेको भन्ने, तर काम आफ्ना छोरी तथा परिवारका लागि मात्रै काम गर्छन् ।’

संबोधनका क्रममा सुदूरपश्चिमको विकासका लागि सरकार तल्लीन भएको बताएका छन् । सुदूरपश्चिममा भइरहेका विभिन्न आयोजनाको विकासको फेहरस्ति दिँदै उनले अब सुदूरपश्चिमको विकासबाट अलग्गिने दिन गएको बताए । 

संबोधनका क्रममा उनले संसद विघटनलाई असंवैधानिक भनी अफहवा फैलाइएको भन्दै एकपटक संविधान पढ्न आग्रह गरेका छन् ।

‘प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला चलाइरहेका छन् । म तिनीहरुलाई कोरा राजनीतिक कुरा मात्र नगरेर एक पटक संविधान पढ्न आग्रह गर्न चाहन्छु,’  नेकपा ओली समूहका अध्यक्ष समेत रहेका ओलीले भने, ‘६४ प्रतिशतको प्रतिनिधित्व गर्ने सर्वसम्मत प्रधानमन्त्री म हो । मैले देशको समय बर्बाद हुने भयो, देशका लागि काम गर्न दिएनन् । म ताजा जनादेशमा जान चाहन्छु भनेर सिफारिस गरेँ,’ उनले अघि भने, ‘६४ प्रतिशतको नेता म हो, अर्को विकल्प छैन संसदमा । विकल्प नभएपछि प्रतिनिधिसभा पुनर्स्थापना संवैधानिक, व्यावहारिक, अन्तर्राष्ट्रिय प्रचलन कुनै हिसावले हुन्न ।’

संबोधनका क्रममा उनले नेता तथा कार्यकर्तालाई चुनावको तयारीका आह्वान पनि गरे । 


कस्तो लाग्यो ?

यो पनि