बैशाख १५, २०८१, शनिबार
               

ओली सहभागी कार्यक्रमा कालो मास्क र गलबन्दीमाथि प्रतिबन्ध

नेपाल फ्ल्यास
पुस १८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको छ । 

कमलादीस्थित प्रज्ञा भवनमा आज (शनिबार) ओली पक्षको नेकपाले राखेको कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको हो । 

कमलादीमा आज ओली पक्षको काठमाडौं जिल्ला कार्यसमितिले बृहत कार्यकर्ता भेलाको आयोजना गरेको हो । 

सो कार्यक्रममा प्रधानमन्त्री ओलीलगायतका नेताहरुको सहभागिता रहेको छ । 

कार्यक्रममा सहभागी हुनका लागि ओली पक्षका नेता कार्यकर्ता पुग्दा ‘कालो लगाउन नपाइने’ सुरक्षाकर्मीले रोकेका थिए । उनीहरुलाई कालो मास्क, टोपी र गलबन्दी फुकालेर मात्रै प्रवेश दिइएको छ । 

कालो मास्क र टोपी लगाएर संकेतिक विरोधका लागि केही मान्छे आएको सूचना पाएकाले कार्यक्रम हलमा त्यस्ता वस्तु निषेध गरिएको आयोजकले जनाएको छ ।

भेलमा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलगायतले सम्बोधन गर्नेछन् । 


कस्तो लाग्यो ?

यो पनि