बैशाख १५, २०८१, शनिबार
               

सुनोद श्रेष्ठले ल्याए 'बरालिँदै हिँडे' (भिडियो)

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

अभिनेता (मोडल) सुनोद श्रेष्ठको अभिनय रेहको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 'बरालिँदै हिँडे' बोलमा रहेको गीतको भिडियोमा सुनोदसँगै एन्जी मुल्मीको मूख्य अभिनय छ । 

'बरालिँदै हिँडे' गीत सागराजले लेखेका हुन् भने यसमा संगीत पनि उनकै छ । म्युजिक भिडियो छायाँकन सुनेश श्रेष्ठ र साकार शाहीले गरेका हुन् । उक्त म्युजिक भिडियो अष्ट्रेलियाको मेल्वर्नमा छायाँकन गरिएको हो । 

सुनोदले यसअघि आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । सात समुन्द्र पारी, विर्सन सक्दिन, तिमि र म उनका चर्चित म्युजिक भिडियो हुन् । 

उनले अष्ट्रेलियन टेलिभिजन च्यानल सेभनका प्रसारण हुने विनर एण्ड लुजरको संस्करणमा समेत अभिनय गरिसकेका छन् ।

अष्ट्रेलियाको टेलिभिजन एसबिएस मार्फत प्रसारण हुने टेलिफिल्म विल्फेर्ड द डगमा समेत उनले अभिनय गरेका थिए । यस्तै हास्य टेलिश्रृखंला उत्पादन गर्ने कमेडी टेलिभिजनको ओपन स्यालदरमा पनि सुनादेले काम गरिसकेका छन् । 

उनले च्यानल नाइनमार्फ प्रशारण भएको ग्यालोपोली वारमा गोर्खालीको रुपमा गरेको अभिनय असाध्यै चर्चित थियो । साथै सुनोदले सन् २०१६ मा अष्ट्रेलियन फिचर फिल्म द मेन कफ मेथोडमा समेत काम गरेका थिए ।

भिडियो हेर्नुहोस्ः

 

यो पनि