बैशाख १५, २०८१, शनिबार
               

नयाँ कोरोनाका कारण यूएईले थप्यो एक महिना भिसाको म्याद

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

आबुधाबी । नयाँ प्रजातिको कोरोना संक्रमण फैलिएका कारण समस्यामा परेका पर्यटकहरुका लागि संयुक्त अरब इमिरेट्स (यूएई)ले भिसाको म्याद एक महिना थप गरेको छ ।

यूएईका प्रधानमन्त्री शेह मोहम्मद बिन राशिद अल मखतुमले प्रतिबन्धको कारण समस्यामा परेका पर्यटकहरुका लागि विना कुनै शूल्क पर्यटक भिसाको म्याद एक महिना थप गर्न निर्देशन दिएको प्रधानमन्त्रीलाई उदृत गर्दै गल्फ न्युजले जनाएको छ ।

बेलायतमा देखापरेको नयाँ प्रजातिको कोरोना संक्रमण फैलिन थालेपछि अहिले विभिन्न मुलुकले हवाई उडानमा प्रतिबन्ध लगाइरहेका छन् ।

यूएई सरकारको यो निर्णयसँगै भिजिट भिसामा रहेका नेपालीसहित अन्य बिदेशी नागरिकले एक महिना बिना जरिवाना यूएईमा बस्ने पाउने भएका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि