बैशाख १४, २०८१, शुक्रबार
               

टिकटक फेसबुकभन्दा पनि माथि

नेपाल फ्ल्यास
मंसिर २६, २०७७

ADVERTISEMENT

पछिल्लो समय मोबाइल एप टिकटक विश्वभर लोकप्रिय बन्दै गएको छ । छोटा–छोटा भिडियो सेयर गर्ने मोबाइल एप हो, टिकटक । 

टिकटकले फेसबुक, भाइबर, म्यासेन्जरजस्ता कैयौं एपलाई पछि पारिदिएको छ । 

यो वर्ष टिकटक विश्वमै सबैभन्दा बढी डाउनलोड हुने मोबाइल एप बनेको छ । 

एक तथ्यांकअनुसार विश्वभर टिकटकका एक अर्ब मासिक प्रयोगकर्ता छन् । 

भारतमा भने गत जुनदेखि टिकटक प्रतिबन्धित छ। भारतमा उसका १० करोडभन्दा बढी प्रयोगकर्ता थिए । 

टिकटकपछि फेसबुक ग्रुपका फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका बढी प्रयोगकर्ता छन् । 

त्यसपछि चिनियाँ भिडियो कन्फ्रेन्सिङ एप जुम आउँछ । सन् २०२० मा सबैभन्दा बढी डाउनलोड भएको एपमा जुम चौथो स्थानमा छ ।

नेपालमा टिकटकका कति प्रयोगकर्ता छन् भन्ने यकिन तथ्यांक छैन । तर, यसका प्रयोगकर्ता भने बढ्दो क्रममा छन् । 

हालै मात्र प्रधानमन्त्री केपी ओलीले पनि टिकटक अकाउन्ट खोलका छन् । उनको एकाउन्ट भेरिफाइड पनि भइसकेको छ । 

राप्रपा अध्यक्ष कमल थापाले पनि टिकटक एकाउन्ट खोलेका छन् । 


कस्तो लाग्यो ?

यो पनि