बैशाख १४, २०८१, शुक्रबार
               

म्युजिक भिडियोबाट आएको रकम एसिड पीडितलाई

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

राजु सुन्दासको ‘तिम्रै प्रेमले’ बोलको गीत सार्वजनिक भएको छ । सङ्गीतकार सुभाष भुसालको सङ्गीत रहेको गीतमा गायिका अन्जु पन्तको आवाज  छ ।

गीतमा साजन परियारको शब्द छ । गीतको सङ्गीत संयोजन भने उदयराज पौडेलले गरेका हुन् ।

गीतमा एस्तर स्याङ्तान, रन्जु भुसाल, रोजी श्रेष्ठ पाख्रिनको आवाज कोरसमा सुन्न सकिन्छ । अर्जुन तिवारीले खिचेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

गोकर्ण रिसोर्टमा खिचिएको भिडियोमा प्रमुख कलाकारहरूको रूपमा नीलिमा कोइराला, हन्ना बादी, सुजु बर्देवालगायतलाई देख्न सकिन्छ ।

गीतलाई राजु सुन्दाससँगै मुकुन्द शर्मा, बुद्ध घिसिङ, जोसेप राईलगायतले निर्माण गरेका हुन् ।

काठमाडौँमा औपचारिक कार्यक्रम गरी सार्वजनिक भएको गीतको भिडियो ‘एचसिएम् च्यानल’ नामको अफिसियल युट्युब च्यानलबाट हेर्न सकिन्छ ।

कार्यक्रममा एसिड पीडित किशोरी मुस्कान खातुनको पनि मुख्य सहभागी थियो । कार्यक्रममा राजु सुन्दासले मुस्कान खातुनलाइ हरेक दिन लाग्ने उपचार खर्चमा सय दिन आफूले खर्च गरिदिने वाचा गरेका छन् ।

साथै पहिलो किस्ताका केही रकम पनि प्रदान गरिएको छ । साथसाथै सङ्गीतकार सुभासा भुसालले पनि सङ्गीत गरेर आएको रकमको पचास प्रतिशत मुस्कानलाई दिने घोषणा गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि