बैशाख १४, २०८१, शुक्रबार
               

कल्पनासँग नाम जोडिए पनि नन्दासँग विवाह बन्धनमा बाँधिदै रमेश प्रसाईं

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

काठमाडौं । चर्चित प्रखर वक्ता रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन धरानमा बिबाह गर्न लागेका हुन् । 

दृष्टिविहीन भए पनि प्रसाईं आफ्नो अद्भुत क्षमताका कारण चर्चित छन् । मिठो स्वरका धनी प्रसाईंसँग विवाह गर्न लागेकी नन्दा पनि दृष्टिविहीन नै हुन् ।

आफ्नो बोलीबाटै करोडौं दर्शक तथा स्रोताको मन जितेका रमेश विगत तीन बर्षदेखी नन्दासँग प्रेम सम्बन्धमा रहेको बुझिएको छ ।

यसअघि लाइभ दोहोरी गाएपछि गायिका कल्पना दाहालसँग रमेशको नाम जोडिएको भए पनि कल्पना र रमेश मिल्ने साथी मात्र थिए । उक्त समयमा पनि रमेश र नन्दा गहिरो प्रेम सम्बन्धमा नै थिए ।

विशेष जानकारी अनुसार रमेश धरानबाट काठमाडौं बस्ने गरी आइसकेपछि उनीहरुको प्रेम थप गाढा भएको हो । नन्दा र रमेशबीच ३ वर्षदेखि प्रेम सम्बन्ध रहेको छ ।

३ वर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ वर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए ।

अहिले सामाजिक सञ्जालमा उनीहरुको बिहेको निमन्त्रणा कार्ड भाइरल भएको छ । उनीहरुलाई सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना आइरहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि