बैशाख १५, २०८१, शनिबार
               

सचिवालय बैठकमै काटियो पौडेलको जन्मदिनको केक, वामदेवले भने– ‘१०० वर्ष बाँच्‍नु’

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

ADVERTISEMENT

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु प्रसाद पौडेल ६२ वर्षमा प्रवेश गरेका छन् । अर्थमन्त्रीसमेत रहेका पौडेलको जन्मदिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मनाइएको हो ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पौडेललाई जन्मदिनको शुभकामना दिँदै केक काटिएको हो । पौडेललाई सबैभन्दा पहिले ओलीले केक खुवाएका थिए, त्यसपछि कार्यकारी अध्यक्ष दाहाले केक खुवाउँदै शुभकामना दिए । 

त्यसपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित अन्य वरिष्ठ नेताहरूले केक खुवाएर पौडेललाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना दिएको थापाले बताए ।

त्यसक्रममा उपाध्यक्ष वामदेव गौतमले पौडेललाई १०० वर्ष बाँच्‍चु भन्दै शुभकामना दिएका थिए। 'तपाईं एक सय वर्ष बाँच्‍नुहोस्,' उनले भने, 'अझै राम्रो काम गरेर जानुहोला ।'


कस्तो लाग्यो ?

यो पनि