असोज ०६, २०८१, आइतबार
               

रत्नपार्कको नाम परिवर्तन गर्ने अविवेकी निर्णय तुरुन्त फिर्ता गरियोस् : राप्रपा

नेपाल फ्ल्यास
मंसिर ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संखधर शाख्वा देशको मौलिक संस्कृति र सभ्यताको धरोहर र राष्ट्रिय विभूति भएको बताएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले यस्ता व्यक्तित्वहरु समस्त नेपालीका आदरणीय भएकाले उनीहरुको सम्मान राष्ट्रले सम्मान गर्नुपर्ने बताएको हो । 

‘यस क्रममा उनीहरुको नामबाट देशका विभिन्न संस्था, योजना, संरचना र उपलब्धिको नामाकरण हुनु स्वाभाविक भन्ने हामी ठान्दछौँ,’ राप्रपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, यसक्रममा दशकौँदेखि नामाकरण भएर आएका संरचनाको नाम आज अचानक बदल्नु उचित होइन ।’

नेपाल राष्ट्र निर्माण र नेपालको राष्ट्रिय एकता र राष्ट्रियताको संरक्षणमा वडा महाराजा पृथ्वी नारायण शाह, राजा महेन्द्र र बिपी कोइराला अग्रस्थानमा रहेको उल्लेख गर्दै राप्रपाले उनै राजा महेन्द्रको रानी मुमा वडामहारानीको नाममा झण्डै आधा शताब्दीदेखि नामाकरण गरिएको रत्न पार्कको नाम बदल्नु अनुचित रहेको बताएको छ ।  

‘हाल महानगरपालिकाले रत्नपार्कको नाम बदल्ने निर्णय अविवेकी र गलत छ । हाम्रो माग छ । संखधरको नामबाट अझ भब्य साँस्कृतिक÷ऐतिहासिक संरचना बनाइयोस त्यस बखत मात्र उनिप्रति हामीले सही रुपमा सम्मान गरेको ठहरिनेछ,’ सो विज्ञप्तिमा भनिएको छ, ‘यस परिप्रेक्षमा काठमाण्डौ महानगरपालिकाको वर्तमान अविवेकी निर्णय तुरुन्त फिर्ता गरियोस् ।’


कस्तो लाग्यो ?

यो पनि