बैशाख १४, २०८१, शुक्रबार
               

भारती सिंहको घरमा एनसिबीको छापा

एजेन्सी
मंसिर ०६, २०७७

ADVERTISEMENT

चर्चित भारतीय हास्य कलाकार भारती सिंहको घरमा एनसिबीले छापा मारेको छ ।

ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले कमेडियन सिंहको अन्धेरीस्थित घरमा छापा मारेको हो ।

एनसिबीले लागूपदार्थ सेवन गर्ने जानकारी पाएपछि भारती सिंह र हर्ष लिम्बाचियाको घरमा छापा मारेको हो ।

स्रोतका अनुसार एनसिबीले भारतीको घरबाट छापा मार्दा शंकास्पद पदार्थ (गाँजा) भेट्टाएको छ ।

एनसिबीले ड्रग्स प्रकरणमा धेरै स्टार कलाकारहरुलाई निशाना बनाएको छ । हालसालै अभिनेता अर्जुन रामपालको घरमा छापा मार्नुका साथै उनीसँग सोधपुछ गरेको थियो ।

भारती सिंहको भारतकी चर्चित हास्यकलाकार हुन् । हाल उनी कपिल शर्मा शोमा समेत कार्यरत छिन् ।

भारतीमाथि एनसिबीको अबको कदम के हुन्छ भन्ने हेर्न बाँकी नै छ । 


कस्तो लाग्यो ?

यो पनि