बैशाख १४, २०८१, शुक्रबार
               

महेन्द्रनगरमा म्युजियम सञ्चालन

नेपाल फ्ल्यास
कात्तिक २९, २०७७

ADVERTISEMENT

महेन्द्रनगर । क्याप्टेन बेद उप्रेती ट्रष्टले कञ्चनपुरको महेन्द्रनगरमा ‘स्टेच्यू अफ सिद्धनाथ बाबा’ र म्युजियम परिसर शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । ट्रष्टका सञ्चालक क्याप्टेन उप्रेतीले स्टेच्यू अफ सिद्धनाथबाबा र म्युजियम परिसर सर्वसाधारणका लागि खुला गरेको बताए ।

उनले भने, ‘लकडाउन र महामारीले सञ्चालन  समयमा गर्न सकेनौँ ।’ उनले पछिल्लो समय म्युजियम परिसरमा फोटो खिच्ने, टिकटक बनाउने क्रम बढेपछि निर्माणाधीन म्युजियम बाहेक स्टेच्यू अफ सिद्धनाथाबाबा र म्युजियम परिसर खुल्ला गरेको बताए ।

उनले भने, ‘अवस्था ठिक भए सबै सेवा नियमित गर्नेछौँ ।’ परिसर बाहिर स्टेच्यू अफ सिद्धनाथाबाबा, स्वीमीङ पुल, ९ वटा धारा, हेलिकोप्टर र सुदूर पश्चिमका पर्यटकीय स्थलहरुका हवाई चित्रहरु रहेका छन् भने भित्र अप्स एण्ड डाउन, थ्रिडी र ईलुजन कक्ष छन् ।

यसले विद्यार्थीहरुलाई प्रेरणा, सिद्धनाथ बाबाको दर्शन पश्चात पाईने सन्तुष्टि, युवाहरुलाई थ्रि डी र अप्स एण्ड डाउनको आकर्षण र गर्मीमा ९ वटा धारा सहितको स्वीमीङ पुल र हेलिकोप्टर भित्र बसी जो कोहीले खिच्न पाउने फोटोग्राफको अवसरले यो संरचना सुदूरपश्चिमको आर्कषक पर्यटकीय स्थल बन्ने उनले बताए ।

सो संरचनाका लागि क्याप्टेन उप्रेतीकी आमा सरस्वती र क्याप्टेन स्वयंले ट्रष्टको लागि जग्गा दान गरेका छन् । जग्गाको मूल्य तीन करोड रुपैयाँ पर्छ । म्युजियमको निर्माणमा चार करोड समेत गरी सात करोड रुपैयाँको लागतमा म्युजियम बनेको हो । जग्गा दान र म्युजियम बनाउन हौसला प्रदान गर्ने आमा सरस्वतीको उक्त परिसर भित्र शालिक बनाइएको छ ।

ट्रष्टले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सो स्थलमा प्रवेश निशुल्क गरेको छ । अन्यको हकमा प्रवेश शुल्क ५० रुपैयाँ निर्धारण गरिएको छ । म्युजियम पूर्ण रुपमा सञ्चालनमा आईसकेपछि भने विद्यार्थीलाई १०० र अन्यका लागि १५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । ट्रष्टले यसअघि धनगढी र काठमाण्डौंमा म्युजियम सञ्चालनमा ल्याइसकेको छ ।

यो पनि